जिवनपयोगी सीप भन्नाले के बुझिन्छ ? आजिवनका लागि चाहिने उपयुक्त सिपनै जिवनपयोगी सीप हो । अर्थात्,मानिसको जिवनमा आउने दैनिक व्यवहारको गतिविधि अन्तर्गत पर्ने हरेक काम र काम पूरा गर्ने दक्षता अनुसारको सीप जिवनपयोगी सीप हो ।विश्व स्वास्थ्य सङ्गठनको परिभाषा अनुसार "जिवनोपयोगि सिपहरु व्यक्तिको दैनिक जिवनमा आइपर्ने माग र चुनौतिहरुको सामना गर्दै,प्रभावकारी रुपमा सामन्जस्य गर्ने सकारात्मक सक्षम बानी व्यवहार हो
नेपालको सन्दर्भमा यस्को उपयोगिता
नयाँ संविधानले कोरेको बाटो,समुन्नतिको बाटो,समतामूलक नेपाल निर्माण गर्ने अठोटलाई केन्द्रमा राखेर विश्व मानचित्रमा नेपालको सकारात्मक पहिचान अझै गाढा बनाउन सान्दर्भिक ज्ञान र सिपहरु सिकाउने विषयनै अबको जिवनपयोगी सिपहुनु जरुरी छ ।
साक्षरता भनेको के हो ?
साक्षर भनेको अक्षर चिनेको वा जानेको,लिपि चिनेको,सामान्य रुपमा लेखपढ गर्न सक्ने अल्पशिक्षित भनी पारिभाषित गरेको पाइन्छ ।
हिजो आज साक्षरताको परम्परागत धारणामा व्यापक परिवर्तन भइरहेको छ । पहिले 3R's (Reading,writing and arithmetic) को प्राप्तिलाइ साक्षरता भनिन्थ्यो । तर हिजो आज साक्षर हुनुका लागि हरेक व्यक्तिमा 7R's प्राप्तिमा हुनुपर्छ भन्ने ठानिएको छ । 7R's मा पढाइ(reading),लेखाइ(writing),अङ्क गणित(arithmetic),अधिकार(rights),उत्तरादायित्व(responsibilities),अन्तरसम्बन्ध(relationship),मनोरञ्जन(recreation) पर्छन् ।

No comments:
Post a Comment