Popular Posts

Friday, October 30, 2020

नेपाली प्रेम कथा भाग-१ फेक आइडि


 भाग १ 


कथा:"फेक आइडि" 


कम्प्युटर इन्जिनियरिङ फाइनल एयरको अन्तिम सेमेस्टर इन्टनको हुन्थ्यो।सबै सेमेस्टर टाइट नै थियो।बल्लतल्ल पास गरेको थिए।नाम मात्रै हुनेवाला इन्जिनियर थियो,काममा थोप्पो नलेज थिएन।क्याम्पस प्रमुखको म प्रिय पात्र थिए।उहाले मेरो लागि नेपाल राष्ट्र बैंकको सिनियर म्यानेजरलाइ भनेर राष्ट्र बैंकको सफ्टवेयर चलाउने डा. पिताम्बर सापकोटाको एसिस्टेन्टमा मलाइ पेइङ इन्टन भनेर नियुक्त गरिदिनुभएको थियो।राष्ट्र बैंकमा इन्टन गर्न पाउदा भुइमा खुट्टै थिएन।जागिरै राष्ट्र बैकमा हुने हो भने झन् मेरो के हालत हुने थियो होला?


इन्जिनियरिङ कलेज जान एकदमै सजिलो थियो।न मुख धुनु पर्थ्यो,न कपडा मिलाउनुपर्थ्यो।मुख धोएर गए पनि देख्ने भनेको त्यहि केटाहरुले नै हो।राम्रो बन्नु जरुरत नै थिएन।कपाल र दाह्री नसुहाए पनि इन्जिनियर हु है भनेर देखाउनैको लागि पालेको थिए।घरमा जो पाहुना आएपनि अब बाबु ठुलो भएछ बिबाह गरिदिनुपर्ने भन्थे।ममि मलाइ हेर्दै भन्नुहुन्थ्यो,यसलाइ को केटिले पत्याउलि?दाह्री र कपाल पालेर जोगि जस्तो देखिएको छ,केटिलाइ देखायो भने तर्सेर भाग्छन्।म केहि बोल्दिन थिए।

कहिले छिमेकि अन्टि आएर भन्थे,मेरै जेठि छोरिको उमेरको केटो बिबाह नगरि बसेर।मेरो त नाति भइसक्यो।यस्तै पर्यो भने कान्छि छोरिको पनि यहि फाल्गुनमा बिहे गर्दिन्छु।


उहाको छोरिले लभ गर्न जानि भन्दैमा सबैले जान्दैनन् नि?हेप्नि पनि तरिका हुन्छ नि?तेइस बर्षमै कोहि बुढो हुन्छ र?कान्छि छोरिको खुबै विवाह गर्ने मन रैछ,मैसङ्ग गरिदिए भयो नि।राम्रि पनि छे जोडि नमिलेर के भयो त?सबैको कहाँ जोडि मिलेको हुन्छ र?यस्तै सोच्दै कोठामा छिरे।


साला जिन्दगि पनि के हो के हो?लभ पर्दै पर्दैन।लभ मात्रै परोस् न सबभन्दा पहिले त्यहि अन्टिलाइ फोटो देखाउने हो।लभ परोस भन्ने चक्करमा के मात्रै गरिएन।चोकमा बसेर केटिलाइ जिब्रो पड्काउदा,पुलिसले खोरमा जाक्यो।अर्को कलेजको केटिलाइ लाइन हान्दा केटिको दाइको दुइघन्टा लामो लेक्चर सुन्नुपर्यो।


लभ गर्नैकै लागि फेसबुकमा तीन हजार केटिलाइ फेन्ड बनाएको थिए।प्रत्येक वर्ष विसतिस जनाको विवाहको फोटोमा सुइट कपल भन्दै कमेन्ट हान्दैमा जिबन जाने भयो।सयौलाइ हाइ,हेल्लो,हे...हे सुइट गर्ल,गुड‌ मर्निङ लेख्दै म्यासेज नगरेको पनि होइन।कसैको‌ रिप्लाइ नआएपछि म्यासेजको पनि के अर्थ।दुइचारवटा‌ प्रोफाइल पिक्चर चेन्ज गर्दा पनि म्यासेज बक्समा खिया नै लागेको थियो।साच्चै भन्नुपर्दा जाम भएको थियो।फेसबुकमा केहि होला जस्तो नलागेर,इस्टा नखोलेको पनि होइन?त्यहा पनि नतिजा सुन्य नै भयो।कतै भाग्यमा केटि नै लेखिएको छैन कि जस्तो पनि भयो।इन्जिनियरिङ तेस्रो वर्ष हुदा जोतिसको गएर हात पनि हेराए।धन्न जोतिसले निरास बनाएन।

विहान विहान उठेर सूर्यलाइ पुजा गरेर पिपललाइ पानी हाल्न पनि गए।त्यो उपाय पनि फल्प भएपछि मैले पढाइलाइ नै आफ्नो प्रेमिका माने।तेस्रो वर्षको इन्ड सेमेस्टरमा ३.८० र चौथो वर्ष अर्थात् सातौ सेमेस्टरमा ३.७५ जिपिए ल्याएर कलेज प्रशासननै तिन छक बनाइदिए।त्यहि कारणले पनि नेपाल राष्ट्र बैंकमा इन्टनमा मेरो नाम रहेको थियो।एक वर्ष देखि मैले फेसबुकको प्रोफाइल पनि चेन्च गरिन।न कसैलाइ म्यासेज नै गरे।न्युज फिड हेर्नैकै लागि फेसबुक खोल्ने गरेको थिए।


मेरोमा आउने म्यासेजका परिकारहरु थिए,ह्यापि दशै,ह्यापि दिपावलि,ह्यापि न्यु इएर।यस्तै म्यासेजमा पनि म खुशि नै हुन्थ्यो।म्यासेज लेखेर होइन,फर्वाड गरिएको हुन्थ्यो।उइस‌ गर्नु त ठिकै हो तर ह्यापी तिज भन्दै म्यासेज फर्वाड गर्नु भनेको चाहि मेरो पुरुष्त्तो माथी नै औला उठाएको जस्तो लाग्थ्यो।


आइतबारबाट नेपाल राष्ट्र बैक जानु पर्ने थियो।मैले शनिबार नुहाएर सैलुन गए।कपाल छोट्टाए,दाह्री मिलाए।कलेजमा जस्तो ट्याक र चप्पलमा जानु मेरो मुर्खता हुन्थ्यो।मैले फरमल सर्ट,जिन्स र प्ले बोइकको छालाको जुत्ता किनेको थिए।

भोलिपल्ट मिलाएको‌ दाह्रीलाइ काइयोले कोरेर चिटिक्क बनाए,कपाललाइ रबर ब्यान्डले एउटै डल्लो बनाएर बाने।टिपटप भएर अफिस छिरे।अफिसभित्र म जस्तै इन्टन गर्ने धेरै विध्यार्थी थिए।कोहि बिबिएस गरेका,कोहि बिबिए गरेका यस्तै यस्ता।पहिलो दिनमै धेरैसङ्ग चिनजान गरियो।दोस्रो दिन गुड मर्निङ भन्दै इस्माइल‌ दिएकालाइ,मैले पनि दात देखाउदै मनिङ भनिदिन्थे।इन्टनमा दुइजना केटा र चार जना केटि थिए।तेस्रो दिन हामी फेसबुकमा फेन्ड भयौं।


चौथो दिन हतार गर्दै माइक्रो चढेको थिए।सिटमा केटि छे भन्ने चाहि थाहा थियो,कस्ति छे भनेर हेर्ने जागर आएन।हेरेर गर्नु नै के छर?अहिलेका केटि कि त विवाहित,कि त अल्रेडि बोइफ्रेन्ड भएका हुन्थे।सुन्धारा झरेर खलासिलाइ पैसा दिए।

ए भाइ कार्ड  छ है!

दाइ कार्ड लुकाउने कुरा होर?देखाउनु पर्यो नि?

मैले भर्खरै बनाएको राष्ट्र बैंकको कार्ड देखाउन गोजि छाम्दा गोजि खाली थियो।


भाइ कार्ड घरमै छुटेछ।


खलासीले पुरा भाडा कटाएर माइक्रोलाइ ठोक्न लाग्यो।


मैले घरबाट हिड्दा,कार्ड हालेको थिए तर कता झारे?

त्यो दिन अफिसमा प्रोगामीङको काम भएकाले अरु केहि सोच्नै पाइन।इन्टनको लागि अर्को एक केटि पनि रैछीन।तीन दिन देखि छुट्टिमा बसेकि रैछिन।

सि.ए सिध्याएकि केटिको लुक्सनै फिदा हुने खालको थियो।उसको पढाइनै आकर्षित थिए।चाटर एकाउन्टेन्टमा राम्रो नम्बर ल्याएकाले उसको सबैले तारिफ गर्थे।अचम्म लाग्दो कुरा त बाइस वर्षकि केटिलाइ गभर्नरले इन्टनपछि डाइरेक्ट अधिकृत बनाउने फैसला गरेका रैछन्।यो कुरा सुन्दा जिउमा कडा उम्रेर आयो।कसैको भाग्य क्या मज्जाको छ ।उमेरैमा पोजिसन,माइ गर्ड।ट्यालेन्ट पनि उत्तिकै!!


मैले डा.पिताम्बरलाइ सोधे,सर उहा इन्टनमा आउने म्याडमको नाम के होला?

कुन म्याडम बाबु?

सि.ए वाला म्याडम।


एए उसको नाम ग्रिष्मा शर्मा हो।


अो बाहुनि रैछ।


बेलुकि खाना खानेबेला ममिलाइ उसको तारिफ नगरि खाना खानै मन लागेन।

ममि.....

अँ भन...

हाम्रो अफिसमा छ नि,यस्तो खतरा केटि आएकि छे कुरै छोडिदिम।


कस्ति आएकि छे बाबु?


हेर्दै बोस जस्ति,टाइट कोट पेन्टमा,ठुलो चस्मा,मैदा जस्तो गोरि।सि.ए पास‌ गरिसकेकि ।उमेर जम्मा बाइस।यति मात्रै होर गभर्नरले इन्टनपछि अधिकृत बनाइदिने रे।नाम ग्रिष्मा शर्मा ।कोहिको भाग्य त भगवानले सोचबिचार गरेर बनाएको हुने है ममि।नेपाल राष्ट्र बैंकमा बाइस वर्षकै उमेर अधिकृत हुने पहिलो केटि हुन्छे होला।


आहा... कसकि छोरि होलि।बहुआमा कति खुशि हुदा हुन।

खोइ ममि कसरी छोरी हो ।कसरी थाहा पाउ?

ममिलाइ मनमा लागेको कुरा भनेपछि म आफ्नै कोठामा गए।


खाटमा पल्टिएर न्युजफिड हेर्न लागे।

दुइवटा फेन्ड रिकोइस्ट र एउटा नोटिफिकेसन थियो।फ्रेन्ड रिकोइस्ट आएकोमा म फुर्किदै हेर्न लागे।दुइवटै रिकोइस्ट अपरिचितको थियो ।राकेश कार्कि र अर्को नाम थियो यु एन्ड आइ।एकपटक हासो लाग्यो।कस्तो नाम हो यो?यु एन्ड आइ।

मैले राकेशलाइ नचिनेता पनि एन्ड गरे र अर्को अचम्मको नाम यु एन्ड आइलाइ इग्नोर गरे।


केहि बेरमा म्यासेज रिकोइस्ट आयो।फेसबुकको इतिहासमा मेरो यो पहिलो म्यासेज रिकोइस्ट थियो।

म्यासेज रिकोइस्ट त्यहि अाइडिबाट आएको थियो।


मैले सिन गरे।

मेरो आइडि कार्डको फोटो सहित हेलो लेखिएको थियो।


हजुर नमस्कार,कसरी पाउनुभयो मेरो आइडि?

रिप्लाइमा यु एन्ड आइ नामको फेसबुक आइडिबाट म्यासेज आयो,एउटै सिटमा बसेको मान्छेलाइ चिन्नुभएन?


भन्नाले?कहिलेको कुरा हो?


हे सर राष्ट्र बैंकको इन्टन भइ भन्दैमा भाउ खान मिलेन नि,बिहान के?हजुरले माइक्रोमै आइडि कार्ड छोड्नुभएछ।


मैले हतारो गर्दै प्रोफाइल हेरे।प्रोफाइलमा मान्छे खुलाउने केहि बिबहरण थिए।न फोटो थियो,न ठेगना,न नाम नै न त काम नै खुलाएको थियो।


म फेरि म्यासेज बक्समा आएर रिप्लाइ दिए।हजुरलाइ धेरै धेरै धन्यवाद!कहिले भेटुम होला कार्डको लागि?


जहिले भेट्दापनि हुन्छ।

एए हवस् भोलि सुन्धारामा भेट्न मिल्छ?


भोलि होइन,अरु कुनै दिन।भोलि म अफिस चाडै जानु छ।


मैले कर गर्न पनि मिल्दैन थियो।तर केटा हो कि केटि भन्ने कन्फम गर्नुथियो।


मैले सोधे,अनि हजुरको परिचय?अाइ मिन हजुरको नाम,अनि जेन्डर?


हाहा भेटेरै थाहा होला।


ठिक छ ठिक तर भेट्नको लागि फोन नम्बर भए सजिलो होला कि?


होइन,होइन भेट्नको लागि त फोन नम्बर नै चाहिदैन।म भोलि भनौला है त कहाँ भेट्ने भनेर।


को हो यो?केटा कि केटि?बिबाहित कि अबिबाहित?बच्चा कि वयस्क?मैले थाहा पाउन धेरै प्रयास गर्दा पनि सकिन।


दुइ दिन अरु कुर्नुथियो।मैले केहि नबोलि लग आउट गरे।बिहान खाना आएर अफिसको लागि रेडिभए।माइक्रो प्याक थियो।माइक्रोमा उहि इन्टनवाला सि.ए केटि पनि थिइ।बोलि आफै फुट्यो।म्याडम गुड मर्निङ...


उसले आखिभौ माथितिर सार्दै बोलि,गुड मिर्निङ सिद्धार्थ जि ।


अरे यो केटिले मेरो नाम कसरी थाहा पाइ।हुनसक्छ मैले जसरि अरु कोहिलाइ सोधि?तर हेर्दा त्यसरी सोध्ने खालकी केटि जस्तो देखिदैन।


के भयो सिद्धार्थ जि?


ह...ह...हजुर...के....केहि भाएको छैन।उसकै बारेमा सोचेर होला मेरो बोलि हड्बडायो।म हड्बडाएको देखेर उ मुस्कुराइ।

केहिबेरमा माइक्रोमा सिट खालि भयो।


मैले उसलाइ सिट देखाउदै भने,म्याडम बस्नुहोला!


ग्रिष्माले केहि तर्कै नगरि सिटमा बसि।केहि बेरमा उसङ्गै बसेकि अर्धवैशे युवति झरि,उसले आखाकै इसाराले मलाइ बस्न अनुरोध गरि।मैले छोइएला कि जसरी सतर्क भएर सिटको छेउमा बसे।


माया स्वरूप कथालाइ शिएर गरिदिनुहोला!!

क्रमश...

Tuesday, October 13, 2020

प्रदेश नम्बर-१ को महत्त्वपूर्ण जानकारी


 

              प्रदेश नम्बर-१

क्षेत्रफल:- २५९०५ वर्ग कि.मि (१८%)
जनसंख्या:-४५,३४,९४३ जना (२०%)
जिल्ला संख्या:-१४ वटा
म.न.पा.:-१
उपमहानगरपालिका:-२
नगरपालिका:-४६
गाउपालिका:-८८
जि.स.स.:-१४
वडा:-१४
जलविद्युत:-१२१ मेगावाट
कृषियोग्य जमिन:-७,८३,५९५
मझौला तथा ठुला उधोग:-७४० वटा
पर्यटकिय स्थल:-१३ वटा
मुख्यमन्त्री:- शेरधन राई
जिल्ला नाम:-पाँचथर,ताप्लेजुङ,इलाम,संखुवासभा,तेह्रथुम,धनकुटा,भोजपुर,खोटाङ,सोलुखुम्बु,ओखलढुंगा,उदयपुर,झापा,मोरङ,सुनसरी (१४ जिल्ला)
भौगोलिक फैलावट:- हिमाल,पहाड र तराई
मुख्य पर्वत:- सगरमाथा,कन्जनजङ्घा,ल्होत्सो,चोयु,नुप्से
मुख्य ताल:- साल्पा पोखरी(भोजपुर),जोरपोखरी(पांचथर),माइपोखरी(ईलाम),सर्मापोखरी(संखुवासभा)
मुख्य नदि:-सप्तकोसी,मेची,अरुण,तमोर,कन्काइ,त्रीयुगा आदि
मुख्य शहर:-विराटनगर,धरान,विर्तामोड,इटहरी,इलाम,कटारी,दमक आदि ।
मुख्य राजमार्ग:-मेची राजमार्ग,मदन भण्डारी राजमार्ग,कोशी राजमार्ग,महेन्द्र राजमार्ग आदि ।
मुख्य उधोगधन्दा:- चिया कारखाना,सुति कपडा उधोग,चिनी मिल,जुट मिल आदि
मुख्य जातजाती:- राई,लिम्बू,शेर्पा,लेप्चा,राजवशी,मेचे,कोचे,मुसहर,धिमाल,सतार,बाह्रमण(बाहुन),क्षेत्री आदि 
पर्यटकिय क्षेत्र:- अन्तु डाडा,कन्यम,फिक्कल,नाच्चे,मिल्के डांडा,धरान,पशुपतिनगर आदि ।
राष्ट्रिय निकुञ्ज:- सगरमाथा रा.नि,मकालु रा.नि,बरुण रा.नि,कोशी टप्पु वन्यजन्तु आरक्षण आदि ।
धार्मिक स्थल:- वाराह क्षेत्र,पाथीभरा,हलेसी महादेव,छिन्ताङ देवि मन्दीर,बुढासुब्बा मन्दिर,दन्तकाली मन्दिर,पन्चकन्या मन्दिर आदि 
नाका:- जोगवनी,पशुपतिनगर,ओलाङचुकोला (चिन),किमाथांका(चीन)

Wednesday, October 7, 2020

सामाजिक शिक्षाको अर्थ

 सामाजिक विज्ञानको विश्व ज्ञानकोषमा दिइएको परिभाषा अनुसार अध्ययन गर्ने उद्देश्यले सामाजिक विज्ञानहरुबाट छानिएका विषयहरुको सङ्कलनलाई सामाजिक अध्ययन भनिन्छ । समाजशास्त्री जोन यू. मिखालिसले भनेका छन् कि सामाजिक अध्ययन मानव र उसको सामाजिक तथा भौतिक वातावरणसँगको अन्तरक्रिया तथा मानवीय सम्बन्धको व्याख्या गर्ने विषय हो । प्रसिद्ध विद्धान् एफ.जे. ईष्टभानले औल्याए अनुसार विद्यालयहरुमा पठनपाठन हेतु प्रयोग भए गरेका सामाजिक विज्ञानहरुको भागलाई नै साधारणतया सामाजिक अध्ययन भनिन्छ ।  ✍️बिनोद अधिकारी

Monday, October 5, 2020

निर्मला पन्त र सम्झना बिकको मन रुवाउने कुराकानी

 


निर्मला पन्तले

सम्झना बि.क लाई सोधिन्,

.

'तिमी पनि नेपाल भन्ने देश बाट आएकी जस्ती छौ नि, के

भएर आएकी हौ र?"

रगतले लत्पतिएको शरिरि च्यातिएको कपडा बिच, डराउदै

र काप्दै बोलिन ..

हजुर... हो नि मन्दिर भित्र मेरो अन्तिम प्राण गयो।

निर्मला.

आत्तिदै सोधिन, " कतै तिम्लाई बलिको पात्र त बनाएनन ?"

सम्झना फेरि डराउदै बोलिन ..

बलि को पात्र नै बने दिदी! बस मेरो रगत गर्धन बाट बगेन,

घाँटी निमोठियो, अन्कुराउदै गरेका कलिला स्तन निमोठियो,

निर्मला....

अझै आत्तिदै र डराउदै प्रश्न गर्न थालिन..

चीत्कार?

"मेरो हत्या पश्चात् पनि नेपालमा कुनै कानुन बनेन ? कसैले

आवाज उठाएन्न ? कसैले सुनेन्न म बलात्कृत हुँदा को

अझै पनि कोहि चेली सुरक्षित छैन्न र ?"

सम्झना...

काम्दै गरेका ती कलिला ओठले शिर उठाउदै येता उता हेर्दै

बोल्न थालिन..

बोलेका थिए दिदी..

सडक तातेको थियो, मानिस बलात्कारी लाई झुन्डाउनु पर्छ

भन्दै माग गरेका देखिन्थ्ये, तर पैसा, पावर र राजनैतिक

आडमा कोहि समातिएनन, तपाई को आत्मा अझै पनि

उखुबारी मा नै छट्पटिएको छ, तपाईं ले न्याय पाउनु हुन्थ्यो

त आज मेरो यो हालत हुने थिएन!

सम्झना रुदै निर्मला लाई प्रश्न गर्न थालिन..

दिदी यहाँ त नेपालको जस्तो बलात्कृत हुन्न नि म फेरि ?

.

चिन्ता नगर..

तिमी स्वर्गमा छौ, यहाँ सबैको सम्मान हुन्छ, यहाँ पापी

हरुलाई कुनै स्थान नै छैन, यहाँ हाम्लाई भगवान ले

बचाउछन"

सम्झना केही डराउदै प्रश्न गर्न थालिन..

दिदी भगवान ले बचाउथ्ये भने, म मन्दिर भित्रै बलात्कृत

हुदा भगवान किन नतमस्तक भै हेरि मात्र रहे ? म माथी

त्रिशुल प्रहार हुदा किन तपाईं को भगवानले रोकेनन ?

निर्मला शब्दहिन भैन

स्वर्गका भगवान हरु उत्तरबिहिन भए,

निर्मला ले हात दिदै...

सम्झना लाई उठाइन, यहाँ पापी हरुलाई कुनै स्थान छैन,

कपडा परिबर्तन गराई दिन, अनुहार सजाई दिन र परि झै

बनाई दिन र भनिन्,

हिड...

आज म तिम्लाई स्वर्ग देखाउछु,

उ त्यो इन्द्रको सिङ्हासन हो, ती अप्सरा हरु हुन,

उत्यो तिमी जस्तै कोमल र निर्मल कमल को फुल हो,

ती स्वर्गका चरा हरु हुन,

यी रङ्गिचङ्गी फुल हरु हुन,

तिमी यहाँ एक्लै जहाँ पनि जान सक्छौ,

तिमी यहाँ एक्लै रात बिताउन सक्छौ,

तिम्लाई यहाँ कसैले कु- दृस्टी ले हेर्न सक्दैन्न,

तिमी त्यो आँप को बगैंचा एक्लै घुम्न सक्छौ,

तिमी बग्गीमा एक्लै घुम्न सक्छौ,

यहाँ तिम्रा स्तन छुने आट कसैले गर्दैनन् ,

उ तिनी हरु नाची रहेका अप्सरा हरु हुन,

जस्लाई कसैले एकान्त को फाइदा उठाउदै बालात्कार गर्न

सक्दैन्न,

तिमी यहाँ एक्लै शिक्षा लिन जान सक्छौ र

एक्लै अबेर साझ सुरक्षित फर्किन सक्छौ!

सम्झना खुशी हुँदै हास्न थालिन..

दिदी उ तिनी हरुचै को हुन नि ?

'ती सबै हामी जस्तै बालात्कृत भएर मारिएका हुन..

स्वर्गका भगवान ले सबैलाई परि झै सजाई राखेका छन "

अनि दिदी..

हाम्लाई बलात्कार गरि मार्ने हरु यहाँ आए भने हामी कता

जाने फेरि ? कता लुक्ने ? कता भाग्ने ? यहाँ त हाम्रो

परिवार पनि छैनन् , दाजुभाई पनि छैनन बचाउन!

"ती सबै नरपिचास हरु स्वर्ग आउने बाटो धर्ती बाटै बन्द छ

उनी हरुलाई नर्क लान्छन , धर्तिमा नपाएको सजाय भगवान

ले नर्क मै दिन्छन् "

दिदी .. उ त्यो के हो?

'त्यो बाघ हो, नडराउ उ धर्तिका मानिस भन्दा नि ज्ञानि छ

!

अनि उ त्यो?

'त्यो तलाउ हो.. जहाँ अप्सरा हरु आई स्नान गर्छन '

.

अनि उत्यो नि

?

"त्यो बादल हो, हिड हामी जाउ, बादल माथी, घुमौ स्वर्ग

जहाँ हामी स्वतन्त्र अनि बे- फिक्री घुम्न सक्छौ,

#justice_For_nirmala

#justice_for_samjhana

#साभार

सामाजिक संजाल फेसबुकबाट साभार गरिएको



Thursday, October 1, 2020

जीवन उपयोगी सीप र साक्षरता भनेको के हो ?

       जिवनपयोगी सीप भन्नाले के बुझिन्छ ?                                       आजिवनका लागि चाहिने उपयुक्त सिपनै जिवनपयोगी सीप हो । अर्थात्,मानिसको जिवनमा आउने दैनिक व्यवहारको गतिविधि अन्तर्गत पर्ने हरेक काम र काम पूरा गर्ने दक्षता अनुसारको सीप जिवनपयोगी सीप हो ।विश्व स्वास्थ्य सङ्गठनको परिभाषा अनुसार "जिवनोपयोगि सिपहरु व्यक्तिको दैनिक जिवनमा आइपर्ने माग र चुनौतिहरुको सामना  गर्दै,प्रभावकारी रुपमा सामन्जस्य गर्ने सकारात्मक सक्षम बानी व्यवहार हो

नेपालको सन्दर्भमा यस्को उपयोगिता
नयाँ संविधानले कोरेको बाटो,समुन्नतिको बाटो,समतामूलक नेपाल निर्माण गर्ने अठोटलाई केन्द्रमा राखेर विश्व मानचित्रमा नेपालको सकारात्मक पहिचान अझै गाढा बनाउन सान्दर्भिक ज्ञान र सिपहरु सिकाउने विषयनै अबको जिवनपयोगी सिपहुनु जरुरी छ ।

साक्षरता भनेको के हो ?
साक्षर भनेको अक्षर चिनेको वा जानेको,लिपि चिनेको,सामान्य रुपमा लेखपढ गर्न सक्ने अल्पशिक्षित भनी पारिभाषित गरेको पाइन्छ ।
हिजो आज साक्षरताको परम्परागत धारणामा व्यापक परिवर्तन भइरहेको छ । पहिले 3R's (Reading,writing and arithmetic) को प्राप्तिलाइ साक्षरता भनिन्थ्यो । तर हिजो आज साक्षर हुनुका लागि हरेक व्यक्तिमा 7R's प्राप्तिमा हुनुपर्छ भन्ने ठानिएको छ । 7R's मा पढाइ(reading),लेखाइ(writing),अङ्क गणित(arithmetic),अधिकार(rights),उत्तरादायित्व(responsibilities),अन्तरसम्बन्ध(relationship),मनोरञ्जन(recreation) पर्छन् ।